• २०८१ बैशाख १८ मंगलबार

खाना पकाउने ग्याससहित बढ्यो इन्धनको मुल्य

kharibot

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास तथा हवाइ इन्धनको मुल्य बढाएको छ ।

आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको हो ।

निगमले पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६-६ रूपैयाँ बढाएको छ । त्यसैगरी खाना पकाउने ग्यासमा  प्रतिसिलिन्डर २१५ रूपैयाँ बढाएको छ ।

त्यस्तै हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रतिलिटर करिब ८ रूपैयाँ) बढाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले मुल्य बढाएको जनाएको छ । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

अब काठमाडौँमा पेट्रोलको ,मुल्य १८५ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १७९ रूपैयाँ पर्ने भएको छ ।

त्यसैगरी खाना पकाउने ग्यासको मुल्य भने २११० रूपैयाँ प्रतिसिलिन्डर पर्ने भएको छ । खाना पकाउने ग्याँसको यो मुल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै