• २०८१ बैशाख १८ मंगलबार

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

kharibot

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् ।

भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ५ स्थित काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय रु पाँच करोड १८ लाखमा निर्माण भएको हो । भवन रोयल कस्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले विद्यार्थीहरुलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिए । उनले शिक्षालयमा नयाँ कार्यक्रमसमेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताए । सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्यपहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै