• २०८१ बैशाख १७ सोमबार

अल नासरको एएफसी च्याम्पियन्स लिगमा विजयी शुरुवात

kharibot

काठमाडौँ । साउदी क्लब अल नासरले एएफसी च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

अल नासरले इरानी क्लब पेर्सेपोलिसलाई २-० गोल अन्तरले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको हो ।

इरानको तेहरानमा भएको खेलमा अल नासरका लागि अब्दुलरहमान घरिब र मोहमद क्वासेमले एक एक गोल गरेका थिए ।

यस खेलमा पेर्सेपोलिसका मिलाद सर्लाकले खेलको ५२औं मिनेटमा रातो कार्ड पाएपछि पेर्सेपोलिस १० खेलाडीमा सिमित भएको थियो ।

एएफसी च्याम्पियन्स लिगमा समुह ई मा रहेको अल नासरले यो जित पछि महत्वपूर्ण ३ अंक हासिल गरेको छ । त्यस्तै यसै समुहमा रहेका इस्टीकलोल र अल दुहैलबीचको खेल भने १-१ गोलको बराबरीमा रोकिएसँगै दुवैले १-१ अंक बाँडेका छन् ।

अब अल नासरले एएफसी च्याम्पियन्स लिग अन्तर्गत दोस्रो खेल अक्टोबर २ मा ताजकिस्तानको क्लब इस्टीकलोलसँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै