• २०८१ जेठ ३ बिहीबार

धरान-६ का वडा अध्यक्ष भट्टराई राप्रपामा प्रवेश

kharibot

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् ।

भूगोल केन्द्रीत जिम्मेवारीका लागि धरान पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिंदेनले बिहीबार बिहान धरान पानमारामा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका छन् ।

भट्टराई गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए  ।

त्यसअवसरमा धरान-६ का अगुवा कार्यकर्तालाइ शुभकामना सहित सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीले देशका सबै स्थानीय तहमा केन्द्रीय नेताहरुलाई भूगोल केन्द्रीत जिम्मेवारीमा खटाएको र आफूले धरान छनौट गरेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै