काठमाडौँ । कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।
भुर्तेलले ४६ खेल खेल्दै एक हजार रन पुरा गरेका हुन् । एशिया कप अन्तर्गत भारतविरुद्ध ६ रन बनाएसँगै भुर्तेलको एक हजार रन पुरा भएको हो ।
उनी नेपालका लागि एकदिवसिय क्रिकेटमा एकहजार रन बनाउने तेस्रो खेलाडी हुन् । नेपालका लागि कप्तान रोहित पौडेलले १४६९ रन बनाएका छन् भने आसिफ सेखले ११९९ रन बनाएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले भारतविरुद्ध ५ ओभरमा कुनै विकेट नगुमाएर २३ रन बनाएको छ ।