• २०८१ जेठ ६ आइतबार

अक्षयकुमारको ओएमजी- २ को कमाई सय करोड नाघ्यो

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अक्षयकुमारको फिल्म ओएमजी- २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

अर्को फिल्म गदर-२ ले भारतीय बक्स अफिसमा राज गरिरहेका बेला ओएमजी- २ ले पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

ओएमजी- २ ले शनिबार १० करोड ५३ लाख भारु कमाई गरेसँगै अहिलेसम्म १०१.६१ करोड कमाई गरेको हो ।

फिल्मले शुक्रबार ६.०३ करोड, विहिबार ५.५८ करोड, बुधबार ७.२० करोड, मंगलबार १७.१० करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले पहिलो दिन शुक्रबार १०.२६ करोड कमाई गरेको थियो भने शनिबार १५.३० करोड, आइतबार १७.५५ करोड र सोमबार १२.०६ करोड कमाई गरेको थियो ।

एकैदिन रिलिज भएको गदर- २ ले भने अहिलेसम्म तीन सय करोडको आँकडा पार गरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै