• २०८१ जेठ ६ आइतबार

आँखा पाक्ने रोगका कारण सूर्यविनायकका विद्यालय दुई दिन बन्द रहने

kharibot

काठमाडौं  । भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन सबै विद्यालय बन्द गर्ने भएको छ ।

आँखा पाक्ने रोगले विद्यार्थीलाई पठनपाठनमा समस्या भएको भन्दै ३ भदौसम्मको लागि विद्यालय बन्द गरेको नगरपालिकाले जनाएको हो ।

हिउँदे बिदाबाट कट्टा हुनेगरी नगरपालिकाको सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।

यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिका र भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले आँखा पाक्ने रोगको कारण सबै विद्यालय बन्द गरिसकेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै