• २०८१ जेठ ६ आइतबार

आज भारतको मोहन बगानको सामना गर्दै मछिन्द्र

kharibot

काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपालको ए डिभिजन लिग क्लब मछिन्द्र क्लबले भारतको इन्डियन सुपर लिग आईएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

कोलकातास्थित साल्ट लेक स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजे खेल सुरु हुनेछ । गत साता काठमाडौंमा सम्पन्न पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मोहन बगानसँग खेल्न लागेको हो ।

मोहन बगानले भने सिधै दोस्रो चरण खेल्न लागेको हो । भिसा समस्याका कारण मछिन्द्रका लागि पहिलो खेल गुमाएका क्यामरुनी खेलाडी मेसुके ओलोमोउले आजको खेल्ने छन् । उनी भारतको सिक्किमबाटै क्लबको प्रशिक्षणमा पुगेका थिए ।

मोहन बगान भारतको बलियो टोली भए पनि जितकै लागि खेल्ने मछिन्द्रका प्रशिक्षक किशोर केसी र कप्तान विशाल श्रेष्ठले बताएका छन् । यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ ।

शहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै