• २०८१ बैशाख १७ सोमबार

ओलीसँग छलफल गर्दै भीम रावल

kharibot

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच छलफल सुरु भएको छ ।

अहिले ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा ओली र रावलबीच छलफल भइरहेको छ ।

पार्टीको दशौँ महाधिवेशनपछि असन्तुष्ट रहेका रावल लामो समयदेखि पार्टी कार्यालय गएका थिएनन् ।

यसअघि, उनलाई पार्टीमा जिम्मेवारी दिन कार्यदल समेत गठन भएको थियो । सो कार्यदलले रावलसँग छलफल समेत गरेको थियो । रावल पछिल्लो समय पार्टीका गतिबिधिमा सहभागी भए पनि केन्द्रीय नेतृत्वसँग टाढा नै रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै