• २०८१ बैशाख १७ सोमबार

भीम रावलको प्रश्न- मन्त्री किराँतीका पुर्खा क्रिश्चियन थिए ?

kharibot

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिक उडडयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् ।

संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संबिधान बिराेधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिब्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका हुन ।

‘मन्त्री सुदन राई किरातीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै