• २०८१ जेठ ६ आइतबार

अक्षयकुमारले अन्तत: लिए भारतीय नागरिकता

kharibot

काठमाडौँ । बलिवुड अभिनेता अक्षय कुमारले अन्तत: भारतीय पासपोर्ट पाएका छन् । अक्षय आफैंले ट्वीट गर्दै जानकारी दिएका छन् । उनले अब हृदय र नागरिकता दुवै भारतीय भएको लेखेका छन् ।

अक्षय कुमारसँग अहिलेसम्म क्यानडाको पासपोर्ट थियो । उनलाई क्यानेडियन कुमार भन्दै ट्रोल पनि गर्ने गरिएको थियो ।

अक्षय कुमारले सन् २०११ मा क्यानडाको संघीय निर्वाचनपछि त्यहाँको कन्जरभेटिभ सरकारले क्यानडाको नागरिकता पाएका थिए । त्यसपछि डिसेम्बर २०१९ मा, अक्षय कुमारले भारतीय राहदानीको लागि आवेदन दिए र उनले आफ्नो क्यानाडाको नागरिकता त्याग्न लागेको बताएका थिए ।

जब अक्षय कुमारका ब्याक-टू-ब्याक फिल्महरू भारतमा फ्लप भए, उनले साथीको सल्लाहमा क्यानडामा बस्ने निर्णय गरेका थिए । उनले राहदानीका लागि आवेदन दिए र त्यहाँको नागरिकता पाए ।

एक अन्तर्वार्तामा अक्षयले भनेका थिए- ‘मलाई लाग्यो कि मेरो फिल्म चल्दैन र काम गरिरहनुपर्छ । म क्यानडामा काम गर्न गएँ । त्यहाँ मेरो एकजना साथीले मलाई त्यहाँ बस्न सल्लाह दिए र त्यही समयमा मैले क्यानाडाको नागरिकताको लागि आवेदन दिएँ।

त्यतिबेला मेरा दुई फिल्म मात्र रिलिज हुन बाँकी थिए । भाग्यवश दुबै सुपरहिट भए । त्यसयता म रोकिएको छैन । काम गर्न गए यस अवधिमा मैले यो राहदानी परिवर्तन गर्नुपर्छ भनेर कहिल्यै सोचेको पनि थिएन ।

क्यानडाको नागरिकतालाई लिएर भएको ट्रोलिङलाई लिएर अक्षयले पनि प्रतिक्रिया दिएका थिए । धेरै मिडिया अन्तर्वार्तामा अभिनेताले भनेका थिए– ‘मेरो लागि भारत नै सबथोक हो । जे कमाएको छु, यहीँ बसेर कमाएको छु। म आफूलाई भाग्यमानी ठान्छु कि मैले यो देशलाई सबै फिर्ता गर्ने मौका पाएको छु । जनताले मेरो नागरिकतामाथि प्रश्न उठाउँदा मलाई नराम्रो लाग्छ । धेरैले मलाई क्यानेडियन कुमार पनि भन्छन् जसले मलाई पिडा हुन्छ । यदि तपाई कसैको बारेमा केहि थाहा छैन भने तपाईले चीजहरू बनाउनु हुँदैन ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय