• २०८१ बैशाख १७ सोमबार

पारोमाथि मछिन्द्रको जित, अब मोहन बगानसँग खेल्ने

kharibot

काठमाडौं । एएफसी कपको प्रारम्भिक छनोटमा नेपालको मच्छिन्द्र फुटबल क्लबले  भुटानको पारो एफसीलाई पराजित गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मच्छिन्द्र ३–२ गोलको जित निकालेको हो । 

मच्छिन्द्रका लागि आयुश घलान, विमल घर्तीमगर र ओलावाले अफिजले समान एक–एक गोल गरे । आयुशले १२ औं मिनेटमा, विमलले खेलको १५औं मिनेटमा र ओलावालेले ३८औ मिनेटमा गोल गरेका हुन् । 

पारो एफसीका लागि काजुओ होनमा र इभान्स असान्टेले एक–एक गोल गरे । काजुओले ७औं मिनेटमा गोल गरेका थिए भने इभान्सले खेलको ७१ औं मिनेटमा गोल गरे । 

एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्र पारो एफसीसँग खेलेको हो । ए डिभिजन लिग चर्च ब्वाइजले जिते पनि उसँग एएफसी लाइसेन्स नभएकाले उपविजेता भएको मच्छिन्द्रले यो प्रतियोगितामा मौका पाएको हो । 

अब मच्छिन्द्रले १६ अगस्टमा भारतको मोहन बगान सुपर जायन्टसँग दोस्रो चरणको खेल खेल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै