• २०८१ बैशाख १७ सोमबार

इत्तिहादको एएफसी च्याम्पियन्स लिगमा विजयी शुरुवात

kharibot

काठमाडौँ । एएफसी च्याम्पियन्स लिग अन्तर्गत अल इत्तिहादले शानदार शुरुवात गरेको छ ।

गएराती सम्पन्न समुह सी अन्तर्गत अल इत्तिहादले उज्बेकिस्तानको क्लब एजीएमकेलाई ३-० ले पराजित गर्दै एएफसी च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको हो ।

अल इत्तिहादको जितमा रोमारिन्होले दुई गोल गरेका थिए भने हारोउने क्यामराले एक गोल गरेका थिए ।

यो जितपछि इत्तिहादले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यस खेलमा इत्तिहादले करिम बेन्जमालाई खेलाएको थिएन ।

अब इत्तिहादले च्याम्पियन्स लिग अन्तर्गत अर्को खेल इरानी क्लब सपाहनविरुद्ध अक्टोबर २ मा खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै