• २०८१ बैशाख १७ सोमबार

एएफसी च्याम्पियन्स लिगमा छनौट भयो अल नासर

kharibot

काठमाडौँ । अल नासर एएफसी च्याम्पियन्स लिगमा छनौट भएको छ ।

गएराती सम्पन्न एएफसी च्याम्पियन्स लिगको प्लेअफमा युएईको क्लब शबाब अल अहलीलाई ४-२ गोल अन्तरले पराजित एशियाको च्याम्पियन्स लिगमा छनौट भएको हो ।

अल नासरले ९० मिनेटपछिको इन्जुरी समयमा २ गोल गरेर जित हासिल गरेको थियो । अल नासरको जितमा टालिस्काले दुई गोल गरेका थिए । उनले खेलको ११औ मिनेटमा र ९५औं मिनेटमा गोल गरेका थिए । त्यस्तै सुल्तान अल घान्नम र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोले एक गोल असिस्ट गरेका थिए ।

त्यसैगरी शबाब अल अहिलका लागि दुवै गोल याहया अल घासानीले गरेका थिए ।

योसँगै एएफसी च्याम्पियन्स लिगको समीकरण पुरा भएको छ । एएफसी च्याम्पियन्स लिगमा एसियाका पूर्वी र पश्चिमी क्षेत्र गरी कुल ४० क्लबले खेल्दै छन् । ४० क्लबलाई विहिबार हुने ड्र मार्फत १० टिममा बिभाजन गरिने छ । जसमा सबै समुहका समुह विजेता राउण्ड १६ मा पुग्ने छन् भने पूर्व र पश्चिमी क्षेत्रका तीन-तीन बेस्ट उपविजेता राउण्ड १६ मा पुग्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै