• २०८१ बैशाख २० बिहीबार

स्वीजरल्याण्डलाई हराउदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । स्पेन जारी फिफा महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न राउण्ड १६ को खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गर्दै स्पेन क्वाटरफाइनलमा पुगेको हो ।

स्पेनको जितमा एतना बोनमातीले २ गोल गरेकी छन् भने अल्बा रेनडोन्डो, लैया कोडिना र जेनिफर हेरमोसोले एक एक गोल गरेका थिए । त्यस्तै स्वीट्जरल्याण्डका लागि एक गोल स्पेनकी लैया कोडिनाले आत्मघाती गोल गरेकी थिइन् ।

अब क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्डस र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्ने छ ।         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै