• २०८१ बैशाख १७ सोमबार

भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच सहयोग आदानप्रदान

kharibot

चितवन । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहर सहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुईपक्षीय सहमति भएको छ ।

ती दुई सहका बीचमा  भगिनी सम्बन्ध कायम रहेको छ।भरतपुर  महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से सहर मेयर वाङ फङ हुङ  बीच दुई पक्षीय सहमति भएको हो ।

दुई सहरबीच एकापसमा सहयोग आदनप्रदान गर्दै यहाँका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने सहमति भएको जनाइएको छ । 

हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधिमण्डलबीच प्रविधि आदानप्रदान, कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्नुे दुवै सहरका प्रमुखबीच सहमति भएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको जनाउँदै सिगात्से सरकार र यहाँका व्यवसायीलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरीन् ।

सो अवसरमा प्रमुख दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको जनाउँदै भरतपुर भ्रमण वर्षमा सहभागि हुन सिगात्से सहरका मेयर हुङ  सहित उनको टिम र सिगात्सेवासीलाई निमन्त्रणा गरेकी थिइन् । 

सो अवसरमा सिगात्से सिटीका प्रमुख हुड्गले भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफूहरू सधैँ तयार रहेको  बताए ।

कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागिरकको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरेर सानै भए पनि सहयोग पुर्याएको स्मरण गरे ।

सो अवसरमा प्रमुख हुङले नेपाल र तिब्बत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरहेको जनाउँदै त्यसका लागि नेपाल सरकारको ध्यानाकर्षण गरिदिन महानगरप्रमुख प्रमुख दाहालमार्फत आग्रह गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर र सिगात्सेबीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षीय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउँदै लैजानुपर्ने बताएका थिए । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहरबीचको पारस्परिक विश्वासमा थप टेवा पुर्याएको बताए ।

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको आठ सदस्यीय प्रतिनिधिमण्डलले सिगात्से सहरका ऐतिहासिक एवं पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवद्र्धनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साइलेज घाँसमार्फत पशुपालन गरिएको एभरेष्ट एग्रो फार्मको अवलोकन गरेको जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय