• २०८१ बैशाख १७ सोमबार

ग्लोबल टी-२० को प्लेअफ समिकरण पुरा, सन्दीपको सर्रे शिर्ष स्थानमा

kharibot

काठमाडौँ । क्यानाडामा जारी ग्लोबल टी-२० को प्लेअफको समीकरण पुरा भएको छ ।

६ टिमले भाग लिएको ग्लोबल टी-२० मा सन्दीप लामिछाने खेलिरहेको सर्रे जागुअर्स शिर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ । त्यस्तै भ्यानकोभर नाइट्स दोस्रो भएको छ भने दिपेन्द्र सिंह ऐरी खेलेको टिम मोन्ट रियल टाइगर्स तेस्रो हुदै प्लेअफमा पुगेको छ । त्यस्तै ब्रम्प वोल्भ्स चौथो हुदै प्लेअफमा पुगेको छ ।

त्यसैगरी टोरन्टो नेशनल्स र मिसिसाउगा प्यान्थर भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब पहिलो इलिमिनेटरमा शुक्रबार सर्रे जागुअर्स र भ्यानकोभर नाइट्स भिड्ने छन् । यस खेलको विजेता सिधै फाइनलमा जाने छ भने पराजित हुने टिमले क्वालिफायर खेल्न पाउने छ । त्यस्तै दोस्रो इलिमिनेटरमा मोन्टरियल र ब्रम्पटन वोल्भ्स खेल्ने छन् भने यस खेलको विजेताले क्वालिफायरमा खेल्ने छ । 

प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय