• २०८१ बैशाख १६ आइतबार

अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि नपाएको स्वास्थ्यमन्त्रीको गुनासो

kharibot

काठमाडौं । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले अर्थमन्त्रालयबाट पाउनु पर्ने रकम अझै पनि पाउन नसकेको गुनासो गरेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालस्थित विश्व बैंकका प्रतिनिधिहरुसँगको भेटपछि सञ्चारकर्मीसँग स्वास्थ्य मन्त्री बस्नेतले निकै मेहेनत पछि अर्थमन्त्रालयले कटौती गरेको बजेट पनि दिएको बताए । 

उनले भने-  ‘स्वास्थ्य मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङ घटाएको थियो हामीले प्रयास गरेपछि अर्थमन्त्रालयले १० अर्व ११ लाख पैसा दुई पटकगरी थपेको छ । त्यति हुँदाहुँदै पनि २० प्रतिशत बजेट कटौती भएको छ । त्यसमा सूर्तिजन्य पदार्थमा उठेको ६ अर्ब वार्षिकमा पनि मन्त्रालयले ४० करोड मात्र पाएको छ,  त्यसैले सूर्तिजन्यबाट उठेको पैसा र कोभिडको बेला खर्च गर्ने भनेर प्राप्त गरेको पैसा पनि अर्थमन्त्रालयमा छ ।’ 

मन्त्री बस्नेतले विश्व बैंक लगायतका संस्थाबाट स्वास्थ्य क्षेत्रमा आएको सहयोग स्वास्थ्य मन्त्रालयले नै चलाउन पाउनु पर्ने बताए । उनले दरबन्दीको अभावमा पनि स्वास्थ्य क्षेत्रमा धेरै काम हुन नसकेको प्रष्ट पारे । 

उनले भने- ‘कर्मचारीको दरवन्दी अभाव भएर दुर्गम  ठाउँमा स्वास्थ्यकर्मी पर्याप्त  मात्रामा पुर्याउन नसकेको अवस्था छ । यो पैसा आयो भने हामीले सरुवा रोग र नसर्ने रोगहरु दरबन्दी सृजना गर्ने छौ र यो पैसा फेरि स्वास्थ्य मन्त्रालयलाई दिन अनुरोधको प्रक्रिया अगाडि बढाउने छौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै