• २०८१ बैशाख २५ मंगलबार

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

kharibot

धनुषा । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । 

पार्टी एकीकरण भएसँगै आगामी एकता महाधिवेशसम्म एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहने भएको छ । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकै चुनाव चिह्न, झण्डा, छाप र विधान पनि प्रयोग हुनेछ । 

केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टीबीचको आन्तरिक सहमतिअनुसार नै हुने उन्मुक्ति पार्टीका तर्फबाट संरक्षक चौधरी र सद्भावना पार्टीका तर्फबाट महतोले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ । 

एकीकरणपछि जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफू लामो समयसम्म जेलमा बस्दा मधेसवादी दलले आफूलाई स्वीकार नगरेको टिप्पणी गरे । 

नागरिक उन्मुक्ति पार्टी थारुहरुको हकहित मात्र नभई मधेसी जनताको उन्मुक्तिका लागि सक्रिय रहने बताउँदै उनले केन्द्रीय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यको समायोजन दुवै पार्टीको आन्तरिक सहमतिअनुसार हुने उल्लेख गरे । 

त्यस्तै नेता महतोले मधेसका जनताको मुक्तिका लागि एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै