• २०८१ बैशाख २३ आइतबार

महिला विश्वकपमा कोलम्बियाले जर्मनीलाई हरायो

kharibot

काठमाडौँ । जारी फिफा महिला फुटबल विश्वकपमा कोलम्बियाले जर्मनीलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा कोलम्बियाले खेलको अन्तिम समयमा गोल गर्दै जर्मनीमाथि २-१ को शानदार जित हासिल गरेको हो ।

कोलम्बियाको जितमा लिन्डा काइसेडो र मानुएला भनेगासले एक एक गोल गरेका थिए । त्यस्तै जर्मनीका लागि अलेक्जान्द्रा पोपले एक गोल गरेकी थिइन् ।

यो जितसहित कोलम्बियाको २ खेलमा ६ अंक सहित शिर्ष स्थानमा रहेको छ भने जर्मनीको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै मोरक्कोको २ खेलमा ३ अंक रहेको छ र दक्षिण कोरियाले २ खेलमा दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै