काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनलाई रिझाउँनकालागि मन्त्रालयहरु जथाभावी बाँडिदै गएको आरोप लगाएका छन् ।
मंगलवार प्रेस चौतारी नेपाल कास्की शाखाद्धरा आयोजित पत्रकार सम्मेलनमा उनले लुम्बिनिमा ६ वटा मन्त्रीबाट चलेकोमा १८ वटा र बागमतीमा ७ वटाबाट चलेकोमा १९ वटा पुर्याई गठबन्धनलाई रिझाउँनका लागि मन्त्रालयहरु जथाभावी बाँडिदै गएको आरोप लगाएका हुन् ।
उनले भने,‘जब गठबन्धन सरकार बन्यो गठबन्धनलाई रिझाउँनका लागि मन्त्रालयहरु जथाभावी बाँडिदैं लुम्बीनिमा ६ वटा बाट चलेका १८ वटा पुगे भए विस्तार हुँदै गए । बागमतीमा ७ वटा बाट चलेको १९ वटा पुगे । प्रदेशमा सात वटा भन्दा मन्त्रालय कुनै अर्थमा पनि चाँहिदैनन् । राजीनिलाई जागिर खाने चलो बनाउँने हो भने २० वटा बनाएर पनि पुग्दैन् सबैलाई मन्त्री हुनुपर्छ ।’
महासचिव ज्ञवालीले संघियताले मात्र देशको अर्थतन्त्र वर्वाद भन्ने कुरा साँचो नभएको दावी गरे ।
संघियता तुलनात्मक रुपमा खर्चिलो व्यवस्था भएपनि हाम्रो देशमा भन्दा धेरै प्रदेशहरु भएका देशहरुले पनि संघियता मार्फत डेलिभरी गर्दै आएकाले समस्या संघियताको कार्यन्वयनमा रहेको बताए ।
उनले भने,‘संघियताले मात्र देशको अर्थतन्त्र वर्वाद भयो भन्ने कुरा मलाई हो जस्तो लाग्दैन् । संघियता तुलनात्मक रुपमा खर्चिलो व्यवस्था हो । संका छैन। तर सदुपयोग गर्ने हो भने हाम्रो भन्दा धेरै प्रदेशहरु भएका देशहरुले पनि संघियता मार्फत डेलिभरी गर्दै आएका छन् । आज हाम्रो समस्या संघियताको भन्दा पनि कार्यन्वयनको समस्या ठूलो चुनौती हो भन्ने मलाई लाग्छ ।’
उनले देशमा भविश्य छैन भनेर नयाँ पुस्तामा सन्देश जानु असाध्यै ठूलो चुनौती रहेको टिप्पणी गरे । यस्तो समस्या समाधानका लागि राजनीतिक स्थायित्व र लगानीहरु बढाउँन आवश्यक रहेको बताए ।
उनले भने,‘यूवा विद्यार्थीहरुको पलायन र नेपालमा भविश्य छैन भनेर जुन सन्देश गईरहेको छ । नयाँ पुस्तामा यो हाम्रो निम्त्ति असाध्यै ठूलो चुनौती हो । देश बनाउँछौं भनेर लागेकाहरुको लागि । यसको लागि राजनीतिक स्थायीत्व चाहिन्छ ,लगानीहरु बढ्नुपर्छ । रोजगारीको अवसरहरु सृजना हुनुपर्छ ।’