• २०८१ बैशाख २९ शनिबार

लापरवाही ड्राइभिङ गरेपछि न्युजील्याण्डका न्यायमन्त्रीले दिए राजीनामा

kharibot

वेलिङटन । न्युजिल्याण्डका न्याय मन्त्री किरी एलेनलाई कार दुर्घटनाको आरोप लागेपछि उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

दुर्घटना वेलिंगटनमा भएको थियो र त्यसपछि प्रहरीले किरी एलेनलाई हिरासतमा लिएको थियो ।

न्यूजील्याण्डको सार्वजनिक सेवा रेडियो प्रसारक, रेडियो न्यूजील्याण्डका अनुसार न्याय मन्त्री किरी एलेनले कार दुर्घटना पछि राजीनामा दिएको हुन । उसका अनुसार उनीमाथि लापरवाही तरिकाले ड्राइभिङ गरेको तथा एक पुलिस अधिकारीको आज्ञा पालन गर्न अस्वीकार गरेपछि उनलाई कारबाहीका लागि सिफारिस गरिएको थियो ।

वेलिङटनमा कार ठोक्किएपछि प्रहरीले आइतबार राति किरी एलेनलाई नियन्त्रणमा लिएको थियो । यो घटनापछि किरी एलेनले एक विज्ञप्ति जारी गर्दै आफूले तत्काल सबै पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सो घटनाबारे प्रहरीले एक विज्ञप्तिमाराति ९ बजे रोजनेथको इभान्स बे परेडमा दुई कार एक आपसमा ठोक्किएको सुचना मिलेको बताएको थियो ।

प्रहरीलाई उद्धृत गर्दै आरएनजेडले भन्यो, ‘दुर्घटनामा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ र दुर्घटनाको अवस्थाबारे अनुसन्धान गर्न प्रहरीलाई सहयोग गरिरहेको छ। दुर्घटनापछि केही समयका लागि सडक अवरुद्ध भएको थियो। तर दुर्घटनामा कोही पनि घाइते भएनन् ।

प्रधानमन्त्री हिपकिन्सले भने कि टक्कर पछि एलेनलाई बेपरवाह ड्राइभिङ र गिरफ्तारीको प्रतिरोध गरेको आरोपमा वेलिंग्टन केन्द्रीय पुलिस स्टेशनमा पक्राउ गरिएको थियो र लगभग १ बजे रिहा गरिएको थियो। हिपकिन्सले न्याय मन्त्रीलाई अपराध गरेको आरोप लगाउनु ठीक नभएको पनि बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै