• २०८१ बैशाख ३० आइतबार

बंगलादेशविरुद्ध न्युजील्याण्डले टस जित्यो, विलियम्सनको पुनरागमन

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र बंगलादेशबीच खेल हुदै छ । चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने यो खेलमा न्यूजील्याण्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ ।

न्यूजील्याण्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । विलियम्सन लामो इन्जुरीपछि ठिक भएर विश्वकपमा पहिलो पटक खेल्दै छन् । उनी यसअघि विश्वकपका दुई खेल खेलेका थिएनन् । न्यूजील्याण्डले आजको खेलमा केन खेल्ने भएपछि विल योङलाई बाहिर राखेको छ ।

जारी विश्वकपमा न्यूजील्याण्डले लगातार जित हासिल गर्दै शानदार शुरुवात गरेको छ । न्यूजील्याण्डले पहिलो खेलमा इङल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई ९९ रनले पराजित गरेको थियो ।

त्यसैगरी बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा इङल्याण्डसँग १३७ रनले पराजित भएको थियो ।

न्यूजील्याण्ड र बंगालदेश अहिलेसम्म एकदिवसीय अन्तराष्ट्रिय खेलमा ४१ पटक आमने सामने भएका छन् । जसमा न्यूजील्याण्डले ३० पटक जितेको छ भने बंगलादेशले १० खेल जितेको छ । त्यसैगरी खेलको नतिजा आएको थिएन ।

बंगलादेशको प्लेईङ ११- शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो (उपकप्तान), लिट्टन दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, मधुमुल्लाह, मेहदी हसन मिराज, तस्किन अहमद, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लाम ।

न्यूजील्याण्डको प्लेइङ ११: केन विलियम्सन (कप्तान), टम लाथम, डेभोन कोनवे, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, लुकी फर्गुसन, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै