• २०८१ बैशाख ३० आइतबार

महिला फुटबल विश्वकप आजदेखि, आयोजक न्युजील्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । आयोजक समेत रहेको न्युजील्याण्डले फिफा महिला विश्वकपमा विजयी शुरुवात गरेको छ ।

विहिबार सम्पन्न उद्घाटन खेलमा न्यूजिल्याण्डले नर्वेलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।

न्युजील्याण्डको जितमा खेलको ४८औं मिनेटमा हन्नाह विल्किन्सनले गोल गरेकी थिइन् ।

यो जितपछि न्यूजील्याण्डले समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह ए मा न्यूजील्याण्ड र नर्वेका अलावा फिलिपिन्स र स्वीट्जरल्याण्ड पनि छन् ।

अस्ट्रेलिया र न्यूजील्याण्डले संयुक्तरुपमा आयोजना गरेको यस महिला विश्वकपमा विश्वका ३२ देशले भाग लिएका छन् ।

आजदेखि शुरुभएको विश्वकपको फाइनल खेल अगस्त २० मा हुने छ ।

यो नवौं महिला फुटबल विश्वकपसम्म आइपुग्दा अमेरिकाले सबैभन्दा बढी चार पटक यो उपाधि जितेको छ । अमेरिका महिला फुटबल विश्वकपको डिफेन्डिङ च्याम्पियन समेत हो । त्यस्तै जर्मनीले दुई पटक जितेको छ भने नर्वे र जापानले एक एक पटक यो उपाधि जितेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै