• २०८१ बैशाख २१ शुक्रबार

गरिबी हटाउने मुद्दा नेताहरुको प्राथमिकतामै परेन- चन्द्र भण्डारी

kharibot

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले गरिबी हटाउने मुद्दा नेताहरुको एजेन्डामै नपरेको टिप्पणी गरेका छन् । 

४५औं पुष्पलाल स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले देशका ठूला ठूला नेताहरु बैठक बस्छन् तर मुलुकको लागि राष्ट्रिय ऐजेण्डा अझै बन्न नसकेको भन्दै यो सबै लाज वीपी र पुष्पलाललाई सम्झेर नजाने बताए । 

उनले भने, ‘हाम्रो नेताहरु बैठक बस्नु हुन्छ तर उहाँहरुले मुलुकको लागि राष्ट्रिय ऐजेण्डा किन बनाउनु हुदैँन् । जसको सरकार बनेपनि ऐजेण्डाबाट काम गर्नुपर्छ पहिला मुलुकलाई गरिवीबाट हटाउनु पर्छ भन्ने ऐजण्डा किन बन्दैन् यो प्रश्न सोध्नु पर्छ । यो सबै लाज वीपी र पुष्पलाललाई सम्झेर जादैँन्, त्यसकारण काम गरेर देखाउनु पर्छ । ’

उनले नेपालमा राम्रो डाक्टरहरु छन्, विश्वविद्यालयहरु छन् तर पनि विरामी हुदाँ उपचार गर्न नसक्ने भन्दै गुणस्तरीय हस्पिटल नहुनु लाज मान्नु पर्ने विषय भएको बताए ।

उनले भने, ‘नेपालमा राम्रो डक्टरहरु छन्, नेपालमा किन बस्दैनन्, विश्वविद्यालय किन चल्दैँन्,  नेपाल टेली शिक्षामा राम्रो हुन सक्छ तर किन बन्दैन् । आज हामी विरामी भयो भने उपचार गर्न सक्दैनौ रहेछ, हामीसँग हस्पिटल रहेनछ हामीले लाज मान्न पर्छ कि पर्दैन् । ’

उनले आन्दोलन गर्यो, लड्यो, गरिबका छोरा छोरीको रगत बगायो सत्तामा पुर्यायो, सत्तामा पुर्याएपछि ठूला गाडि, ठूला रहनसहनमा रमाउँने प्रवृत्ति नेपालमा भएको भन्दै यसरी वीपी र पुष्पलालको नाम लिएर मात्रै देश सुधार नहुने बताए ।

देशमा जसलाई रक्षक बनायो त्यो नै भक्षक भएपछि कसरी बन्छ मुलुक भन्दै यहाँ कम्युनिष्ट र काङ्ग्रेस होईन नेपाली जनता बनाउनु पर्छ भनेर लाग्नु पर्ने उनको भनाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै