• २०८१ बैशाख १५ शनिबार

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा पाठकको भीड

kharibot

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ ।

असार ८ गतेदेखि सुरु भएको प्रदर्शनीको अन्तिम दिन आउन लागेकाले पाठकको बढी भीड बढ्न थालेको हो । १५ दिनका लागि गरिएको प्रदर्शनी असार २३ गते सकिने जनाइएको छ । 

पाठकको चाप बढेमा भने लम्बिन पनि सक्ने जनाइएको छ । प्रदर्शनीमा नेपाली साहित्यका विद्यार्थी र अनुसन्धानदाताले बढी पुस्तक खरिद गर्ने गरेका छन् । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका करिब छ सय थरीका पुस्तक एवं पत्रपत्रिका राखिएको छ ।

प्रदर्शनीमा ‘लोक साहित्य सिद्धान्त’, ‘कौटिल्यको अर्थशास्त्र’, ‘कथा दर्शन’, ‘माक्र्सवादी सौन्दर्य चिन्तन’, ‘माक्र्सवादी सौन्दर्यशास्त्रका आधारहरु’, ‘माक्र्सवादी साहित्य सिद्धान्तका प्रतिनिधि विचारहरु’ र बाल साहित्यका पुस्तक बढी बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । विभिन्न शब्दकोश पनि बढी बिक्री हुने पुस्तकमा पर्छन् ।

प्रदर्शनीमा प्रतिष्ठानसँगै साझा प्रकाशनले पनि कक्ष राखेको छ । साझाका चार सय ९२ थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । साझाले सांस्कृतिक संस्थान र पुरातत्व विभागले प्रकाशन गरेका पत्रिकासहित अन्य प्रकाशनका पुस्तक पनि राखेको जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै