• २०८१ बैशाख १८ मंगलबार

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

kharibot

काठमाडौं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएका २२ वर्षीय सागर आलेमगरको मृत्यु भएको प्रहरीको भनाइ छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै