• २०८१ फाल्गुण २६ सोमबार

ट्राभल राइटका सहयोगी एजेन्टहरुलाई प्रसंशापत्र वितरण

kharibot

काठमाडौँ । भिस्तारा एयरलाइन्सको जिएसए रहेको ट्राभल राइट प्रालिले आफ्नो सबैभन्दा सहयोगी एजेन्टहरुलाई प्रसंशा प्रमाणपत्र वितरण गरेको छ ।

प्रमाणपत्र वितरण गर्दै ट्राभल राइटका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले आगामी दिनमा सहयोगको अपेक्षा गर्दै अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

ट्राभल राइटले २०१९ देखि यात्रु र कार्गो दुवैका लागि भिस्तारा एयरलाइन्स र ट्राभल एजेन्सीहरुबीच जिएसएको रुपमा काम गर्दै आएको छ ।

भिस्तारा एयरलाइन्स टाटा सन्स प्रालि र सिंगापुर एयरलाइन्सको संयुक्त लगानीमा स्थापित कम्पनि हो ।यस एयरलाइन्ससँग हाल ४६ एयरबस ए ३२९ नियो, १० एयरबस ए ३२१, १ बोइंग ७३७- ८०० एनजी र ४ बोइंग ७८७- ९ ड्रिमलाइनरसहित ६१ वटा विमान छन् । यस एयरलाइन्सको उडान शुरु भएदेखि अहिलेसम्म ४५ लाखभन्दा बढी ग्राहकले उडान भरेका छन् ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै