काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।
च्यासल मैदानमा बुधबार एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
एनआरटीको जितमा दिपेश आले मगरले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा गोल गरेका हुन् ।
एनआरटीको यो आठौं जित हो । जितसँगै एनआरटीले २५ खेलमा ३३ अंक जोडेको छ । मनाङले २५ खेलमा ३२ अंक जोडेको छ ।