• २०८१ बैशाख १८ मंगलबार

एनआरटीले सातदोबाटोलाई हरायो 

kharibot

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्र्गत न्युरोड टिम एनआरटी विजयी भएको छ । 

च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

एनआरटीको निकोलस सङ र सनम लिम्बुले एक–एक गोल गरे । एनआरटीका शिव सुवेदीले एक गोल फर्काए । एनआरटीका लागि खेलको ६३ औं मिनेटमा निकोलस र ६७ औं मिनेटमा सनमले गोल गरेका थिए ।

सातदोबाटोका लागि खेलको ७७ औं मिनेटमा शिवले गोल गरेपनि टिमलाई जित दिलाउन सकेनन् । 

एनआरटीको यो सातौं जित हो  । एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । 

सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै