काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत संकटा क्लबले जित निकालेको निकालेको छ ।
एन्फा कम्प्लेक्समा आइतबार संकटाले एफसी खुमलटारलाई ३–० गोल अन्तरले हराएको हो ।
संकटाको जितमा निशान खड्का, आयुष घलान र चन्दन कुमार दासले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा निशान, ३८ औं मिनेटमा आयुष र ७८ औं मिनेटमा चन्दनले गोल गर्दै संकटालाई ३–० को जित दिलाएका हुन् ।
यो जितसँगै संकटाले २४ खेलमा ३० अंक जोडेको छ । संकटा ११ औं स्थानमा रहेको छ ।
खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ । यस हारले खुमलटार रेलिगेसनमा पर्ने सम्भावना बलियो बनेको छ ।