• २०८१ जेठ ५ शनिबार

संयुक्त राष्ट्रसङ्घको आगामी साधारणसभामा नेपालको उपस्थितिबारे छलफल

kharibot

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । 

आवासीय संयोजक हान्ना र उपाध्यक्ष डा श्रेष्ठबीच आज यहाँ भएको भेटमा आगामी सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको साधारणसभामा नेपालको उपस्थितिबारे छलफल भएको छ । 

डा श्रेष्ठले छोटो समयमा लक्ष्य हासिल गर्नका लागि आवश्यकीय वित्तीय सहयोग, प्राविधिक सहयोग र पारस्परिक सहयोगका लागि छलफल भएको जानकारी दिए । उनले भने, “दिगो विकासका लक्ष्य हासिलको प्रगति समीक्षापछि बाँकी रहेको अवधिमा दिगो विकासका लक्ष्यलाई कसरी अघि बढाउने र कसरी सकेसम्म धेरै लक्ष्य हासिल गर्ने भन्ने विषयमा छलफल भयो ।” 

आवासीय संयोजक हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्रसङ्घले सधैँ सहयोग गर्ने बताए । उनले भने, “संयुक्त राष्ट्रसङ्घ सधँै नेपालको हित चाहन्छ । ” उनले दिगो विकास सम्मेलन तथा अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी गरिरहेको नेपालले विभिन्न चुनौतीका बाबजुद प्रशंसायोग्य काम गरेको भन्दै प्रशंसासमेत गरे । 

नेपाल अति कम विकसित मुलुकबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारबीच समन्वय गर्न इच्छुक रहेको उनको भनाइ छ । 

“यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय निकायसँग समन्वय र सहयोग गर्न तयार छ”, उनले भने । 

उपाध्यक्ष डा श्रेष्ठले भेटवार्तामा नेपालको विकासमा संयुक्त राष्ट्रसङघले हालसम्म पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नेपालले तयार गरिरहेको ‘स्मुथ ग्र्याजुएसन स्ट्रेटिजी’ लाई अन्तिम रूप दिई सो को प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकिएको जानकारी दिएका थिए । 

बैठकमा आयोगका सदस्य डा रामकुमार फुँयालले नेपालमा दिगो रोजगारीको अवसरको सिर्जना र सामाजिक सुरक्षा कार्यक्रमको दिगोपनाको सुनिश्चितता गर्नु आवश्यक रहेको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घका तर्फबाट यस सम्बन्धमा सहयोगको अपेक्षा रहेको बताए । 

आयोगका सचिव केवलप्रसाद भण्डारीले नेपालले खाद्य प्रणालीमा कठिनाइ भोगिरहेको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घीय खाद्य सम्मेलनले नेपाल जस्ता मुलुकको समस्यालाई मूल्याङ्कन गरी आवश्यक सहयोग गर्नुपर्ने धारणा राखे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै