• २०८१ बैशाख १७ सोमबार

सरकारले फेरी ल्यायो निर्वाचन क्षेत्र विकास कार्यक्रम

kharibot

काठमाडौं । सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई फेरी ल्याएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै हरेक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले भने- ‘जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रस्ताव गरेको छु । यस कार्यक्रममा एउटा कार्यक्रमका लागि न्यूनतम १ करोड रुपैयाँ विनियोजन हुने गरी सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ ।’

यस कार्यक्रमका लागि अर्थमन्त्री महतले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै