• २०८१ बैशाख ७ शुक्रबार

लक्ष्यअनुसार वैदेशिक सहायता आएन- अर्थमन्त्री महत

kharibot

काठमाडौं- चालु आर्थिक वर्षका लागि सरकारले राखेको वैदेशिक सहायता अपेक्षाकृत रुपमा प्राप्त नभएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले वैदेशिक सहायता प्राप्ति निकै न्यून देखिएपछि सरकारले यसको लक्ष्य घटाएको बताए। चालु आर्थिक वर्षमा सरकारले पाउने वैदेशिक सहायताको लक्ष्य संशोधन गरिएको उनले प्रस्ट पारे।

'सरकारले आगामी आवका लागि वैदेशिक सहायतातर्फ रु ३८ अर्ब ४६ करोड अनुदान र ऋण रू १ खर्ब ७० अर्ब ५४ करोड परिचालित हुने संशोधित अनुमान राखेको छ ', अर्थमन्त्री डा महतले भने।

आयोजनाको कार्यान्वयन पक्ष कमजोर हुँदा वैदेशिक सहायता परिचालन अपेक्षा गरेभन्दा कम भएको उनले बताए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै