• २०८१ बैशाख १७ सोमबार

सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको समारोह

kharibot

काठमाडौं । नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा सरकारले १६औं गणतन्त्र दिवस मनाएको छ ।

सोमबार  बिहान राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सरकारले गणतन्त्र दिवस मनाएको हो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसमाभा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, संवैधानिक निकायका प्रमुखहरू, मन्त्रीहरू लगायत उच्चपदस्त व्यक्तिहरूको उपस्थिति थियो। सैनिक मञ्चमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल देखाएका छन् ।

जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै