• २०८१ बैशाख १६ आइतबार

चेक गणतन्त्रकी क्रिस्टिनाले जितिन् मिस वर्ल्डको उपाधि

kharibot

काठमाडौँ । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा ७१औँ ‘मिस वर्ल्ड’ बनेकी छिन् ।

सन् १९९६ पछि दोस्रो पटक भारतमा आयोजना भएको यस प्रतियोगिताको विजेता शनिबार राति सम्पन्न फिनालेमा क्रिस्टिनाले मिस वर्ल्डको उपाधि जितेकी हुन् ।

उपाधि जितेपछि उनले भनिन्- 'म धेरै उत्साहित छु । मिस वर्ल्ड एउटा चीज हो जसको लागि मैले धेरै मेहनत गरिरहेकी छु । मलाई थाहा छ कि मिस वर्ल्ड प्लेटफर्मले हामीलाई महत्त्वपूर्ण ठानेका मुद्दाहरूको लागि बोल्ने क्षमता दिन्छ । जहाँसम्म मेरो सवाल छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु ।'

त्यस्तै लेबनानकी यास्मिन अजायतौन फस्ट रनरअप भइन् । नेपालकी प्रियंकारानी जोशी भने उत्कृष्ट ४० मा पुगेकी थिइन् । त्यस्तै आयोजक भारतकी सिनी सेट्टी भने सातौं भएकी थिइन् ।    

यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स २०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोस चुनिएका थिए ।

यो प्रतियोगिता २०२४ मा आयोजना भएको भए पनि यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भएको थियो । तर यसको कार्यक्रम स्थगित भएको थियो। सेप्टेम्बरमा भारतमा आयोजना गर्ने घोषणा जुनमा भएको थियो।

तर, केही कारणले डिसेम्बर र त्यसपछि मार्चमा आयोजना गर्ने निर्णय भयो । अब ७२औं मिस वर्ल्ड प्रतियोगिता २०२५ मा आयोजना हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै