काठमाडौँ । लुटन टाउनको इङलिश प्रिमियर लिगमा प्रमोशन भएको छ ।
गएराती कन्भेनट्रीविरुद्धको प्लेअफमा पेनाल्टी सुटआउटमा जित हासिल गर्दै लुटन टाउनले आगामी सिजनको प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
लुटनसँगै यस सिजनमा बर्नली र शेफिल्ड युनाइटेडले प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको छन् ।
लुटनले पछिल्लो नौं बर्षमा बेलायतको लिग-२, लिग-१, च्याम्पियनसिप हुदै प्रिमियर लिगको यात्रा तय गरेको छ ।