• २०८१ बैशाख ७ शुक्रबार

‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक

kharibot

काठमाडौं । वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको ब्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । 

पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गरे । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सङ्घीयतासहितको संविधान उत्कृष्ठ रहेको र यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र सङ्घीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।” 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सङ्घीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए । 

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातान्त्रक, सङ्घीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज भएको टिप्पणी गरे । 

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको हुँदा संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने बताए । 

अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको सकरात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको उल्लेख गर्दै पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै