• २०८१ जेठ ५ शनिबार

दिल्लीसँग हारेपछि पञ्जाबको प्लेअफ यात्रा कठिन

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २१४ रनको लक्ष्य पछाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउदै १९८ रन बनाएको थियो ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ९४ रन बनाए भने अथर्व तायडले ५५ रन बनाए । त्यस्तै प्रभसिमरन सिंहले २२ रन बनाए भने साम कुरानले ११ रन बनाएका थिए ।

त्यसैगरी दिल्लीका बलर इशान्त शर्मा र एनरीच नोर्त्जेले २-२ विकेट लिए भने खलील अहमद र अक्सर पटेलले १-१ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

दिल्लीका लागि रिली रोस्सोले सर्बाधिक ३७ बलमा अविजित ८२ रन बनाएका थिए भने पृथ्वी शाले ५४ रन बनाएका थिए ।

त्यस्तै कप्तान डेविड वार्नरले ४६ रन बनाए भने फिल साल्टले अविजित २६ रन बनाए । त्यस्तै पञ्जाबका बलर साम कुरानले दुवै विकेट लिएका थिए ।

दिल्लीको यो जितले पञ्जाबको प्लेअफ यात्रालाई कठिन बनाइदिएको छ । दिल्ली यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । पञ्जाबको भने यस हारबाट १३ खेलमा १२ अंक भएको छ र अब अन्तिम खेल जितेपनि प्लेअफमा पुग्न अन्य टिमको नतिजामा भरपर्नुपर्ने देखिन्छ ।

तर यो हारपछि पञ्जाबको प्लेअफ यात्रा लगभग समाप्त भएको देखिन्छ । पञ्जाब अहिले १३ खेलमा १२ अंकसहित अंकतालिकामा आठौँ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै