• २०८१ जेठ ५ शनिबार

दिल्लीले पञ्जाबलाई दियो २१४ रनको लक्ष्य

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई २१४ रनको लक्ष्य दिएको छ ।

धर्मशालामा टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको हो ।

दिल्लीका लागि रिली रोस्सोले सर्बाधिक ३७ बलमा अविजित ८२ रन बनाएका थिए भने पृथ्वी शाले ५४ रन बनाएका थिए ।

त्यस्तै कप्तान डेविड वार्नरले ४६ रन बनाए भने फिल साल्टले अविजित २६ रन बनाए ।

त्यस्तै पञ्जाबका बलर साम कुरानले दुवै विकेट लिएका थिए ।

जारी आइपिएलमा दिल्ली प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाबको १२ खेलमा १२ अंक रहेको छ । पञ्जाबले बाँकी दुवै खेल जितेमा प्लेअफमा स्थान बनाउने सम्भावना रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै