काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई १६८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको हो ।
पञ्जाबका लागि प्रभसिमरन सिंहले १०३ रनको शतकीय पारी खेलेका थिए । प्रभसिमरनले ६५ बलमा १०३ रन बनाएर आउट भएका थिए ।
त्यस्तै साम करनले २० रन बनाए भने सिकन्दर राजाले ११ रन बनाएका थिए ।
त्यसैगरी दिल्लीका बलर इशान्त शर्माले २ विकेट लिए भने अक्सर पटेल, प्रविन दुवे, कुलदिप यादव र मुकेश कुमारले एक एक विकेट लिए ।
जारी आइपिएलमा पञ्जाबको ११ खेलमा १० अंक रहेको छ भने दिल्लीको ११ खेलमा ८ अंक रहेको छ ।