• २०८१ बैशाख १८ मंगलबार

मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

kharibot

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ ।

बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उक्त प्रतियोगिता आगामी जेठ १३ गते सुर्खेतमा हुनेछ । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुद प्रतियोगिताअन्तर्गत रेस्लिङको दोस्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिवसमेत रहनुभएकी एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए । 

प्रतियोगितामा लाइटवेटतर्फ सिजे वल्र्ड र कम्ब्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्तमा टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइटवेटमा डेभिडले र साइनको सामना गर्नेछन् । नुवाकोटे टाइगर र किङ रोबोर्ट हेभीवेटमा भिड्ने छन् ।

लाइटवेटतर्फको विजेता खेलाडीले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ५० हजार, लेडिज वेट च्याम्पियनले रु ६० हजार, मिडलवेट च्याम्पियनले रु ७० हजार, हार्डकोर च्याम्पियनले रु ७५ हजार र हेभीवेट च्याम्पियनले रु एक लाख पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

उपमहासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै