• २०८१ बैशाख १८ मंगलबार

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता २५ गते काठमाडौंमा, आठ देशका खेलाडी सहभागी हुने

kharibot

प्रतियोगिता खेल्न आएका भारतीय रेस्लर

काठमाडौं । यही कात्तिक २५ गतेदशरथ रंगशालाको कभर्ड हलमा दोस्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिंग प्रतियोगिता हुने भएको छ । कुल आठ देशका खेलाडी सहभागी हुने प्रतियोगिता २७ गते इटहरीको ठूलो जनता मा.वि.मा समेत आयोजना हुनेछ ।

दोस्रो अन्तर्राष्ट्रिय रिङ्ग रेस्लिङ्ग प्रतियोगिता खेल्न भारतबाट खेलाडी आइसकेका छन । उक्त प्रतियोगिमा नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिक गरी ८ देशका खेलाडिहरुले प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगितामा फ्ल्याग् म्याच, सिंगल्स्, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला÷पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु हुनेछन् ।

यो प्रतियोगिता नेपाल रिङ्ग रेस्लिङ्ग संघ र डिशहोमको संयुक्त आयोजनमा हुनलागेको हो । डिशहोमले आफ्नो च्यानल एक्सन स्पोर्टसबाट दशरथ रंगशालाको कभर्ड हलमा हुने खेलको प्रत्यक्ष प्रशारण गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै