• २०८१ बैशाख १८ मंगलबार

डिसहोमबाट रिङ रेस्लिङ्ग लाइभ हेर्न पाइने 

kharibot

काठमाडौं । गत केही महिनाअघि काठमाडौंमा भएको रिङ रेस्लिङ्गको प्रत्यक्ष प्रसारण गरेको डिसहोम एक्सन स्पोट्र्स च्यानल नं. १०५ ले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ्ग प्रतियोगीताको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । 

यही फागुन १८ गते हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघ तथा डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य र डबल एस प्रा.लि.को व्यवस्थापनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको डिस होमले लाइभ प्रसारण गर्ने भएको हो । 

विभिन्न खेलकुदसम्बन्धी कार्यक्रम तथा प्रत्यक्ष प्रसारण गर्दै आएको सोही च्यानलले यस पटक पनि प्रत्यक्ष प्रसारण गरी आफ्ना दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिने कुरा डिसहोमले जनाएको छ । प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लरसँगै विदेशी रेस्लरहरुको समेत सहभागीता रहने बताइएको छ । पोखरा रंगशालामा आयोजना हुने उक्त प्रतियोगीतामा ४ देशका रेश्लरहरुको सहभागीता रहने छ । प्रतियोगीतामा नेपालको तर्पmबाट नुवाकोटे टाइगर, ठाकु, डभिड, साइन, ब्लेड, भिलेन, राम, रावण, टुप्पि ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी अमेरीकाको प्रो रेस्लर गेमर, भारतका मास्कम्यान, ड्यानी, आरडीएक्स, ज्याक्स र नोलले प्रतियोगितामा सहभागीता जनाउने छन्। महिला रेस्लरहरु पनि प्रतियोगीताको आकषर्णको रुपमा रहनेछ । प्रतियोगीतामा सहभागीता जनाउने महिला रेस्लरहरुमा नेपालकी दिलाशा र रुसकी मेफिस्तोका रहेका छन् । यसअघि डिस होमले नवौँ सिमरा गोल्ड कप र सोर्हृौ आहा गोल्ड कपको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै