• २०८१ बैशाख १७ सोमबार

परराष्ट्रमन्त्री साउद लण्डनमा, राजा चार्ल्सको राज्यभिषेकमा सहभागी हुदैँ

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद लण्डन पुगेका छन् ।

बेलायती राजा चार्ल्सको राज्याभिषेकमा भाग लिनका लागि बिहिवार साँझ लन्डन पुगेका हुन् ।

मन्त्री साउद लण्डनस्थित हित्रो विमानस्थलमा आइपुग्दा उनलाई वेलायती विदेश मन्त्रीका विशेष प्रतिनिधिले एयरपोर्टको भीआईपी सुइटमा स्वागत गरेका थिए । उनलाई स्वागत गर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र उपप्रमुख रोशन खनाल बिमानस्थल पुगेका थिए ।

परराष्ट्र मन्त्रीले शुक्रबार, मे ५, २०२३ मा बकिङ्घम प्यालेसमा विदेशी मन्त्रीहरुको सम्मानमा आयोजना गरिएको राजाको स्वागत समारोह र शनिबार, मे ६, २०२३ मा वेस्ट मिन्स्टरमा हुने राज्याभिषेक समारोहमा भाग लिने कार्यक्रम रहेको नेपाली दूतावास लण्डनले जनाएको छ ।

साउदले बेलायत भ्रमणका क्रममा केही औपचारिक भेटघाट पनि गर्ने बताइएकोछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै