• २०८१ बैशाख १८ मंगलबार

काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एकको मृत्यु

kharibot

काठमाडौँ । काठमाडौँको मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा बुधबार दिउँसो चट्याङ लागेर मकवापुर भीमफेदी घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।

मातातीर्थमा निर्माणाधीन घरमा काम गरिरहेका बेलामा कौसीमा चट्याङ लागेपछि गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

मृतक तामाङले लामो समयदेखि मिस्त्री काम गर्दै आएका थिए । तामाङको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता रिजालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै