• २०८१ बैशाख १८ मंगलबार

चट्याङ लागेर मातातीर्थमा एक पुरुषको मृत्यु

kharibot

काठमाडौं । काठमाडौंको मातातीर्थमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

बुधबार दिउँसो १ बजे चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । 

ज्यान गुमाउनेमा मकवानपुरको भिमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङ रहेका छन् ।

निर्माणाधीन घरमा काम गरिरहेको बेलामा कौसीमा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

चट्याङ लागेपछि उनलाई वीर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थिए । 

उनको शव पोष्टमर्टमका लागि शव टिचिङ अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै