• २०८१ बैशाख २३ आइतबार

विश्वकपमा राष्ट्रिय टिममा फर्किने इम्ब्रहिमोविचको चाहना स्विडेनका म्यानेजरद्वारा अस्विकार 

kharibot

काठमाडौँ । स्विडेनका चर्चित फुटबलर जलाटन इम्ब्रहिमोविचले रसिया विश्वकपमा राष्ट्रिय टिमबाट खेल्ने इच्छाप्रति स्विडेनका म्यानेजर जाने एन्डरसनले अस्विकार गरेका छन् ।

एन्डरसनले एक पटक टिमलाई छोडेपछि फेरी टिममा फर्किने इच्छा राख्न नहुने बताएका छन् । २०१६ मा स्विडेनको राष्ट्रिय टिमबाट सन्यास लिएका इम्ब्रहिमोविचले केहि समय

अघि एक टेलिभिजन अन्तर्वार्तामा आफु रसिया विश्वकपमा स्विडेनको राष्ट्रिय टिममा फर्किने बताएका थिए ।

एन्डरसनले इम्ब्रहिमोविचको राष्ट्रिय टिममा पुनरागमनको विषयमा बोल्दै उनले राष्ट्रिय टिमबाट बिदा लिइसकेका छन् त्यसैले फेरी टिममा फर्किनु उचित नहुने बताएका छन् ।

‘इम्ब्रहिमोविच युरो कपपछि राष्ट्रिय टिममा छैनन् र रसियामा पनि हुने छैन’, एन्डरसनले भने । एन्डरसनले आफ्नो विश्वकप टिममा इम्ब्रहिमोविच नहुने प्रष्ट पारेका छन् ।

स्विडेनको राष्टिय टिमका लागि ११६ खेलमा ६२ गोल गरेका इम्ब्रहिमोविच हालै म्यानचेस्टर युनाइटेबाट अमेरिकाको एलए ग्यालेक्सीमा गएका छन् । एलए ग्यालेक्सीमा डेभ्यु खेलमा नै इम्ब्रहिमोविचले २ गोल गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै