• २०८१ बैशाख १७ सोमबार

जलाटन इम्ब्रहिमोविच म्यान्चेस्टर युनाइटेडमा फर्किए 

kharibot

तस्विर : म्यान्चेस्टर युनाइटेड/ट्वीटर

काठमाडौँ । स्विडेनका स्ट्राइकर जलाटन इम्ब्रहिमोविचले म्यान्चेस्टर युनाइटेडमा पुनरागमन गरेका छन् ।

गतबर्ष एक सिजनका लागि मात्र सम्झौता गरेका इम्ब्रहिमोविचले यस बर्ष पनि पुन: समझौता गरेका छन् । 

म्यान्चेस्टर युनाइटेडले विहिबार इम्ब्रहिमोविचको युनाइटेडमा पुनरागमन भएको घोषणा गरेको हो । इम्ब्रहिमोविचले गत सिजनमा युनाइटेडबाट ४६ खेल खेल्दै २८ गोल गरेका थिए ।
सिजनको अन्त्य तिर घाइते भएका ३५ बर्षिय इम्ब्रहिमोविच हाल इन्जुरीबाट ठिक भएर खेल्नका लागि तयार भएका छन् ।

इम्ब्रहिमोविच युरोपका चार फरक लिगमा उपाधि जित्ने पहिलो खेलाडी हुन् । उनले आफ्नो व्यवसायिक फुटबल सन् १९९९ मा स्विडेनको माल्मो क्लबबाट गरेका थिए ।

म्यान्चेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्होले अनुभवी इम्ब्रहिमोविचले खेलमा फर्किएकोमा खुशी व्यक्त गर्दै आफुहरु उनको पुनरागमनको व्यग्र प्रतिक्षामा रहेको बताए । उनको युनाइटेडमा दोस्रो सिजन महत्वपूर्ण हुने मोरिन्होले प्रतिक्रिया दिएका छन् ।

इम्ब्रहिमोविचले युनाइटेडमा पुनरागमनको सम्झौता भएपछि आफुले सुरु गरेको कुराको अन्त्य गर्न युनाइटेड फर्किएको बताए ।  उनले छिट्टै युनाइटेडको टिममा फर्किने पनि जानकारी दिए ।

युनाइटेडमा इम्ब्रहिमोविचले १० नम्बर जसरी लगाउने क्लबले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै