• २०८१ बैशाख २३ आइतबार

जलाटन इम्ब्रहिमोविचले म्यान्चेस्टर युनाइटेड छोडे 

kharibot

काठमाडौँ । स्विडेनका स्ट्राइकर जलाटन इम्ब्रहिमोविचले म्यान्चेस्टर युनाइटेड छोडेका छन् । 

इम्ब्रहिमोविचसँग तुरुन्तै देखि लागु हुने गरि क्लबसँगको सम्झौता खारेज गरिएको म्यानचेस्टर युनाइटेडले जानकारी दिएको छ । युनाइटेड छोडेपछि अब इम्ब्रहिमोविच अमेरिकाको एलए ग्यालेक्सी क्लब जाने भएका छन् ।

म्यान्चेस्टर युनाइटेडले विहिबार इम्ब्रहिमोविचको युनाइटेडमा २०१६ मा आएका इम्ब्रहिमोविचले उत्कृष्ट फुटबल खेल्दै युनाइटेडका लागि ४६ खेलमा २८ गोल गरेका थिए ।

३६ बर्षिय इम्ब्रहिमोविच युरोपका चार फरक लिगमा उपाधि जित्ने पहिलो खेलाडी हुन् । उनले आफ्नो व्यवसायिक फुटबल सन् १९९९ मा स्विडेनको माल्मो क्लबबाट गरेका थिए ।

इम्ब्रहिमोविचले युनाइटेडमा पुनरागमनको सम्झौता भएपछि केबल ७ खेल मात्र खेल्दै एक गोल गरेका थिए ।  यसरी उनले युनाइटेडका लागि कुल ५३ खेल खेले भने २९ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै